कारमा यौन सम्पर्क गर्दा एक जोडीको मृत्यु



०४ फागुन २०७६, काठमाडौं

३९ वर्षे पुरुष र ४४ वर्षे एक महिला यौन सम्पर्क गर्दा–गर्दै मृत अवस्थामा फेला परेका छन्।

कारमा नग्न अवस्थामा मृत फेला परेका उनीहरु यौन सम्पर्क गर्दा मरेको आशंका प्रहरीको छ।

पश्चिम जर्मनको सहर बोटरोपमाको बन्द ग्यारेजमा फेला पारिएको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए।

न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु मरेको हुन सक्ने अधिकारीहरुको आशंका छ।

ग्यारेजमा लामो समयसम्म इन्जिन खुला छाडिएको कारबारे स्थानीय अनविज्ञ थिए। पछि प्रहरीले ग्यारेजको ढोका खोलेका थिए।

ग्यारेजका मानिस केही दिनदेखि गायब भएको खबर आएपश्चात् नै प्रहरी त्यहाँ पुगेको थियो।

प्रहरी घटनाको पुष्टिका लागि छिट्टै पोस्टमार्टम र मेडिकल जाँच गरिसकेपश्चात् सत्य बाहिर आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्