सल्यानमा युवतीको घाँटी रेटी हत्या



०४ फागुन २०७६, काठमाडौं

सल्यानमा एक युवतीको घाँटी रेटी हत्या भएको छ ।

त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो ।

कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो। कविताको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताएका छन्।

शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्छने प्रहरीले अनुमान गरेको छ । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्