‘कपन क्याम्पस बन्छ भने म तस्कर बन्न तयार छु’ : अध्यक्ष भट्टराई



०३ फागुन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले कपन बहुमुखी क्याम्पसको छैठौं वार्षिकोत्सव कार्यक्रममा क्याम्पसले विभिन्न बाधा अवरोध खेप्दै ७ वर्षबाट यहाँ सम्म आउनु ठूलो उपलब्धि भएको बताए ।

अध्यक्ष भट्टराईले क्याम्पसमा छुद्र राजनीति गर्न नहुने बताए । राजनीति गर्दा यसले भविष्यमा ठुलो असर गर्ने र क्याम्पसलाई बदनाम गर्ने हुनाले यस्तो गल्ति भुलेर पनि गर्न नहुने बताउँदै यसमा सबैले ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष भट्टराईले आफ्नो नाम जोडिएर सम्प्रेषित भ्रामक समाचारप्रति खेद प्रटक गर्दै उक्त समाचारले आज पनि जनमानसमा कौतुहलताको विषय बन्नु प्रति दुःख व्यक्त गरे ।

अध्यक्ष भट्टराईले कपन क्याम्पस बन्ने नाममा जसले जे भने पनि आफू दिलदेखि लागि परेको जानकारी गराए । उनले आक्रमक बन्दै भने, ‘कपन क्याम्पस बन्ने नाममा कसैले तस्कर भन्छ भने म तस्कर बन्न तयार छु, नवराज भट्टराईले क्याम्पस निर्माणको नाममा के गल्ती गर्यो ? कुनै गल्ति देखाउनुस्, म कुनैपनि समयमा जुनसुकै कारवाही भोग्न तयार छु ।”

कपन क्याम्पसले आफूले गरेको कामको सहि तरिकाले हिसाव राखेर समाजमा प्रष्ट रुपले सूचना लिन/दिन नसक्नु क्याम्पसको समस्या हो, यसमा म किन र कसरी जोडिए ? बालुवा बेचेर क्याम्पसलाई उपलब्ध भएको १ करोड ३३ लाख रकम आम जनमानसमा थाहा हुन नसक्नु क्याम्पसको समस्या भएको औल्याए । क्याम्पस व्यवस्थापन समिति, नगरपलिका, प्रदेश सांसद, वडा नं १०, ११, १२ का वडाध्यक्षहरु सबैको सामूहिक पहलमा संरचना निर्माणमा अवश्यक छलफल गरेर अगाडी बढेको समेत जानकारी गराए ।

वडाध्यक्ष नवराज भट्टराईले कपन क्याम्पसले विभिन्न बाधा अवरोध खेप्दै ७ वर्षबाट यहाँ सम्म आएको निर्माणाधिन भौतिक संरचना आज पनि चुनौतिको रुपमा रहनु सामुहिक समस्या रहेको बताएका छन् ।

क्याम्पस निर्माणका निम्ति बूढानीलकण्ठ नगरपालिकामा आफू निर्वाचित भएपश्चत एक करोड भन्दा बढि रकम बिनियोजन गरिसकेको जानकारी गराए । क्याम्पस निर्माणमा सहयोग नगर्ने र गरेको काममा समेत वाधा पुर्याउने दुषित प्रबृतिका मानिस प्रति व्यवस्थापन समितिले केही सोच्न जरुरी रहेको बताए ।

७ वर्षको अवधिमा क्याम्पसले निकै फड्को मार्न सफल भएको बताउँदै कपन क्याम्पस कुनै पार्टीको नभएर सबैको सामूहिक हो । आफू निर्वाचित क्षेत्रका सांसदले सहयोग नगरेको बताउँदै वार्षिक ४–६ करोडको बजेट हुँदा पनि निर्माणाधिन सामूदायिक क्याम्पसलाई बजेट किन दिईएन ? यो कुनै पार्टीको मात्र क्याम्पस हो ? संघीय सांसदलाई पटक-पटक आग्रह गर्दा पनि चासो नदिनु दुःखको कुरा हो ।

निर्माणाधिन भवन माथिको बस्ति उच्च जोखिममा रहेको बताउँदै संघीय सांसदका कारण बजेन विनियोजन हुन नसकेकोमा गुनासो गरे । जितेका सांसद गगन थापाले कुनै किसिमले चासो नदिनु आश्चर्य भएको बताउँदै हारेका सांसद डा. राजन भट्टराईले भवन निर्माणका लागि गरेको महत्वपूर्ण सहयोग प्रति सम्मान व्यक्त गरे ।

क्याम्पस बनाउन व्यवस्थापन आफै लागि पर्न आवश्यक रहेको बताउँदै उनले फरक प्रसङ्गमा भने, यो क्याम्पस भगवान पशुपतिनाथले कि बूढानीलकण्ठले बनाईदिन्छन् ? त्यसकारण क्याम्पस निर्माणका लागि हामी सबैले सहयोग गर्न अवश्यक छ । व्यवस्थानप समितिले अब जिम्मेवार ढङ्गले उत्रिनु पर्छ यो क्याम्पसको आवश्यक्ता हो ।

भट्टराईले भने क्याम्पस निर्माण सम्पन्न गर्न २० करोड भन्दा बढी बजेट लाग्ने भएका कारण नगरको मात्र सहयोगमा निर्माण गर्न असम्भव छ । त्यसकारण प्रदेश र संघीय सरकार मार्फत सहयोग नगरे क्याम्पसको भविष्य अन्योलमा पर्छ । निर्माणका निम्ति आ–आफ्नो स्थानबाट सहयोग गरे नमूना क्याम्पस बनाउन सकिन्छ त्यसकारण सबैले सकारात्मक रुपमा लिनु क्याम्पसको आवश्यक्ता हो ।

प्रतिक्रिया दिनुहोस्