शारदा एकेडेमीले गर्‍यो खेल सप्ताहको शुभारम्भ



०३ फागुन २०७६, काठमाडौं

शारदा एकेडेमीले आफ्नो खेल सप्ताहको शुभारम्भ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका–११ मा रहेको एकेडेमीले शनिबार (आज) कपन आकाशेधारास्थित ह्याण्ड्बल ग्राउण्डमा उद्घाटन गर्दै आफ्नो खेल सप्ताहको शुभारम्भ गरेको हो।

अखिल नेपाल फुटबल संघ [एन्फा]का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा शुभारम्भ कार्यक्रममा नेपालकै इतिहासमा शारदा एकेडेमील्यै शुरु गरेको ‘साडी ड्रिल’समेत प्रदर्शन भएको थियो।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अथिति तथा एन्फा अध्यक्ष शेर्पाले विद्यार्थीको चौतर्फी विकासमा टेवा पुर्‍याउँदै उज्वल भविष्यको बाटोमा लैजान उनीहरुको शिक्षाको पाटो र खेलकूदलाई सँगसँगै लान सहयोग गर्नुपर्ने बताएका थिए।

“विद्यार्थीहरुका लागि शिक्षा मात्रै पनि केही होइन। उनीहरुमा प्लस प्वाइन्ट् पनि हुन आवश्यक हुन्छ।” अध्यक्ष शेर्पाले भने, ‘तसर्थः उनीहरुको शिक्षा र खेलकूदलाई सँगसँगै लानको लागि सँधै प्रेरित गर्नुपर्छ।’

शारदा एकेडेमीले स्थापना कालदखि नै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। सप्ताहमा फुटबल, क्रिकेटलगायत २८ वटा खेलहरु समावेश गरिएको एकेडेमीका सह–प्राध्यापक मोहन फुँयालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्