मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसलको उपाधि शंकरदेवको पोल्टामा



०३ फागुन २०७६, काठमाडौं

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको उपाधि शंकरदेव क्याम्पसले हात पार्न सफल भएको छ ।

शुक्रबार भएको फाइनल खेलमा सिटिभिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै शंकरदेव क्याम्पस प्रतियोगिताको उपाधि हात पारेको हो ।

उपाधिसँगै शंकरदेवले नगद रु १ प्राप्त बनेको छ भने उप-विजेता सिटिभिटीले नगद रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको फाईनल खेलमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको समेत उपस्थित रहेको थियो ।

माघ २९ बाट सुरु भएको मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसल  प्रतियोगितामा ८ वटा विश्व विद्यालयका १६ वटा टिमको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्