आफ्नै तीन वर्षीया छोरीलाई बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान



०३ फागुन २०७६, काठमाडौं

जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान गरिएका हुन्।

भीमदत्त नगरपालिका–१८ सालघारीका सौतेला बुबा चुनाराले घरमा कोही नभएको अवस्थामा छोरीको बलात्कारपछि हत्या गरेका थिए। गत १४ पुषमा इन्द्र चुनार तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्