
०३ फागुन २०७६, काठमाडौं
प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो ।
गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी छिन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ ।
गीतको सँगीत अर्जुन पोखरेलले भरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैंले लेखेका हुन् ।
चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ ।





