प्रधानमन्त्रीबाट संसदलाई सम्बोधन [पूर्ण पाठ]



०३ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्वीर बदलिने दावी गरेका छन्।

सरकार सञ्चालनको २ वर्ष पूरा भएको अवसरमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जाको उपयोगको तस्वीर बदलिदिने बताएका हुन्।

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ।

सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद भइरहेको बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन्।

यस्तै प्रधानमन्त्री ओलीले दुई वर्षको उपलब्धि र आगामी योजनाबारे पनि बोलेका थिए।

 

प्रतिक्रिया दिनुहोस्