दोश्रो त्रिज्योति रचनात्मक प्रदर्शनी भव्य रुपमा सम्पन्न (फोटो फिचर)



०२ फागुन २०७६, काठमाडौं

त्रिज्योति माविले ‘दोश्रो त्रिज्योति रचनात्मक प्रदर्शनी २०७६’ भव्य रुपमा सम्पन्न गरेको छ ।

प्रदेश सभा सदस्य दीपक निरौलाको प्रमुख अतिथ्यतामा आयोजित उक्त प्रदर्शनी कार्यक्रमको सभापति त्रिज्योति माविका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद दंगालले गरेका थिए भने बूनपा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, समाजसेवी रविन अधिकारी, वडा नं. १२ का वडा सदस्य पुरुषोत्तम नेपाल, समाजसेवी अक्कल तामाङलगायत विभिन्न विद्यालयका प्राचार्यहरुको समुपस्थितिमा अयोजित उक्त प्रदर्शनीमा ३० वटा विद्यालयका विद्यार्थी, अभिभावक एवं अन्य सामाजिक व्यक्तित्वहरु गरी जम्मा २५ सय व्यक्तिहरुले उक्त प्रदर्शनीको अवलोकन गरेको थिए।

बालबालिकालाई प्रयोगात्मक विधिका माध्यमबाट विज्ञान, गणित, चित्रकला र सामाजिक विषयसँग सम्बन्धित विभिन्न ज्ञान प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त प्रदर्शनीमा ६० वटा स्टलहरु राखिएका थिए।

गणित, विज्ञान, र चित्रकलासँग सम्बन्धित अनेक उपकरणहरुलाई प्रयोगात्मक विधिका माध्यमबाट सहज तरिकाले सिकाउने उद्देश्यले त्रिज्योति माविका बालबालिकाहरुद्धारा उक्त प्रदर्शनी प्रस्तुत गरिएको थियो।

विद्यालय भनेको शिक्षा आर्जन गर्ने महत्वपूर्ण स्थल हो। तसर्थः त्रिज्योती माविले प्रयोगात्मक विधिद्धारा ज्ञान प्रवाह गर्ने उद्देश्य राखेकोमा अत्यन्तै खुशी लागेको र अरु विद्यालयहरुले पनि यसै ढंगले बालबालिकालाई प्रशिक्षित गराउन जरुरी रहेको कुरा प्रमुख अथितिले बताएका थिए। “बालबालिकाको प्रदर्शनी अत्यन्तै राम्रो रहेकोले सबै बालबालिकाले राम्रो ज्ञान सिकेर फाइदा लिनु सक्नुस् भन्ने शुभकामना व्यक्त गर्छू।” प्रमुख अथिति निरौलाले भने।


⇒ दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी हुँदै
स्वागत मन्तव्य राख्ने क्रममा त्रिज्याति माविका प्राचार्य गणेशकुमार मिश्रले त्रिज्योति प्रयोगात्मक विधिद्धारा बालबालिकालाई सिकाउन विगत केही वर्षदेखि सक्रिय रहेको र कक्षाकोठाका अतिरिक्त व्यवहारिक सीप विकासमा निरन्तर लागिरहने प्रतिबद्दता व्यक्त गरे। साथै बालबालिका सबैले समान अवसर पाउनुपर्दछ भन्ने धारणा राखे। यस्ता प्रदर्शनीले बालबालिकाको वौद्धिक विकासमा ठूलो मद्दत पुग्ने कुरा बताउँदै ‘डूइङ् बाइ लर्निङ्’द्धारा प्राप्त ज्ञान स्थायी हुने विश्वास व्यक्ति गर्दै यो प्रदर्शनी ज्ञान आदान प्रदान गर्ने प्रमुख लक्ष्यसहित आयोजना गरिएको कुरा समेत राखे।

साथै प्रदर्शनीमा विभिन्न विद्यालयहरुबाट आएका प्राचार्य, शिक्षक शिक्षिका एवं विद्यार्थीहरुप्रति आभार व्यक्त गर्दै त्रिज्योति माविको उद्देश्य र सपनालाई सार्थक बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस क्षेत्रको शैक्षिक विकासमा निरन्तर रुपमा लागिरहने प्रतिबद्दता समेत व्यक्त गरे।

प्रदर्शनी स्थलमा ड्रोनको उडान गरी सम्पूर्ण उपस्थिति महानुभावहरुलाई मनोरञ्जन एवं रोचकता प्रदान गरिएको उक्त प्रदर्शनी अत्यन्तै रोचक, सार्थक र पृथक ढंगले शुभारम्भ गरिएको थियो।

बिहान साढे १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म विद्यालयको प्राङ्गणमा सभ्य र प्रभावकारी तरिकाले उक्त प्रदर्शनी सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्