यी व्यक्ति: जसलाई झुक्किएर पनि नमस्कार नगर्नुहोस्



०२ फागुन २०७६, काठमाडौं

तपाईँ हामी एक–अर्कालाई भेट्दा नमस्कार गर्ने गर्दछौं। नमस्कार हाम्रो संस्कार हो।

र हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मानस्वरूप नमस्कार गर्दछौं।

नमस्कारले केहि न केहि अर्थ राख्छ। धार्मिक मान्यताले पनि नमस्कारको महत्व धेरै नै मान्ने गर्दछ।

त्यत्ति मात्रै नभएर धर्ममा पनि पुजा गर्ने समयमा  नमस्कार गर्ने परम्परा रहदैं आएको छ।

नमस्कार गर्दा पनि केहि खास रहने भएकाले यसलाई निकै ख्याल राख्नु पर्दछ।

नमस्कार हामी विशेष व्यक्तिलाई गर्दछौं। जुन नमस्कार गर्ने समयमा हामी धेरै कुराहरु ख्याल राख्नुपर्ने हुन्छ।

त्यसैले यी मानिस जसलाई कहिल्यैं पनि नमस्कार गर्नुहुँदैनः

मुर्ख मानिस

मुर्ख मानिसलाई कहिल्यैं नमस्कार गर्नुहुँदैन। जो व्यक्तिमा ज्ञान छैन्। उसले झन् आफैलाई दिने प्रतिक्रियात्य नि राम्रो हुँदैन।

नमस्कार गर्ने मान्छेलाई नै अप्ठ्यारो पर्नसक्ने हुँदा यस्ता मानिसलाई नमस्कार गर्दा नमस्कारको अपमान हुन सक्छ।

त्यसैले, यस्ता व्यक्तिलाई भुलेर पनि नमस्कार गर्नुहुँदैन।

नुहाइरहेको व्यक्ति

नुहाइरहेको समयमा पनि मानिसलाई नमस्कार गर्नुहुँदैन। यसले नमस्कार गर्ने व्यक्ति र नुहाइरहेको व्यक्तिलाई पनि अफ्ठ्यारो हुन सक्छ।

दौडिरहेको अवस्थामा

दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न।

दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ।

जसकारण उसले चोट–पटकको सामना गर्नुपर्ने हुन्छ।

यस्तै, दौडिँदा उसले तपाईँले गरेको नमस्कार नदेख्न सक्छ। र तपाईँले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ।

धनको अंहकार गर्ने व्यक्ति

यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ। उसलाई नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुनसक्छ।

त्यसैले त्यस्ता व्यक्तिलाई नमस्कार नगर्दा राम्रो हुन्छ।

पानीमा रहेको व्यक्ति

पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ।

र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखिममा पर्न सक्छ। त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन।

जुठो परेको व्यक्ति

यदि कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन।

उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन।

टाढा रहेको व्यक्ति

आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ। त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु नै राम्रो हो।

किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्