४४४ किलो वजन भएको युवकलाई दुलही चाहियो



०२ फागुन २०७६, काठमाडौं

एक २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको ४४४ किलो वजन भएको शरिरलाई मिल्ने पत्नीको खोजीमा छन्।

४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन्। तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव समेत अस्वीकार गरिसकेका छन्।

उनलाई मात्र होइन्। उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ।

उनीहरुको विचारमा दुलाहा–दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन।

परिवार त झन् हुनेवाला दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छन्। साथै युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ।

वेटलिफ्टरले दैनिक हजार क्यारोरी भएको खाना खान्छन्। उनी दैनिक ३६ वटा त अण्डा खान्छन्।

प्रतिक्रिया दिनुहोस्