ललिता निवास जग्गा प्रकरण : सर्वोच्चद्वारा लिखित जवाफ माग



०२ फागुन २०७६, काठमाडौं

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ। साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नुपर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ।
⇒ पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्