प्रधानमन्त्रीको विशेष संसद सम्बोधन शानिबार मात्रै



०२ फागुन २०७६, काठमाडौं

संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेको छ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकोले प्रधानमन्त्री ओलीको सम्बोधन सरेको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको सम्बोधन शनिबार (भोलि) बिहान ११ बजेका लागि सारिएको जानकारी दिए।

शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ।

यसअघि कांग्रेसले आफ्ना सांसद निधन भएपछि संसद बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधन रोक्न प्रधानमन्त्रीलाई निवेदन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्