पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा



०२ फागुन २०७६, काठमाडौं

ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेशी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्‍नै इजलाशमा पेसी तोकेका हुन्। नेपाल र भट्टराईविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै परेको रिटमा प्रधानन्यायधीश राणाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको त्यहाँका सञ्चार विज्ञ किशोर पौडेलले बताए।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै बुधबार रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्