बामदेव गौतमको प्रणय दिवस : घुँढा टेकी श्रीमतीलाई गुलाबको फूल



०२ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रणय दिवसमा श्रीमती तुलसी थापालाई गुलाब उपहार दिएका छन्।

शुक्रबार (आज) बिहान भैँसेपाटीस्थित निवासमा गौतमले श्रीमती तुलसीलाई गुलाब उपहार दिएका हुन्। हँसिलो अनुहारमा गौतमले गुलाब उपहार दिँदा श्रीमती तुलसीको अनुहार लाजले रातो भएको थियो।

छोरा हरिश गौतमले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्