जीराको चमत्कारिक काईदाः सेतोपानी बग्ने देखि पुरुषको अण्डाकोष सुनिनेसम्म फाईदा



०१ फागुन २०७६, काठमाडौं

जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौं।

तर हामीलाई थाहै छैन कि, जीरा कुन–कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर!

त्यसैले जान्नुहोस् जिराको अनेकौं फाईदाः

पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान–बेलका १/१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ।

अमलपित्त भएमा

जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १/१ चम्चा बिहान–बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ।

आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा आँखा पोल्ने र बिजाउने वा रातो हुने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

ज्वरो आएमा

जीरा–पानी पकाएर सखर हालेर चिया झै दिनमा ३/४ पटक खाएमा ज्वरो चट्टै जान्छ।

कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ।

अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ।

स्त्रीको सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १/१ चम्चा बिहान–बेलुका खाने गरेमा ठीक हुँदै जान्छ।

मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले जुन पोतो र दागबाट छुटकारा पाउन सकिन्छ।

रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा रुघा–खोकी ज्वरोबाट छुटकारा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्