२९ बर्षीया महिलाले १४ बर्षे किशोर बलात्कार गर्दा आफैं बनिन् गर्भवती



०१ माघ २०७६, काठमाडौं

महिला बलात्कार भएका घटना निकै सार्वजनिक भइरहन्छन्।

तर पछिल्लो समय एक अचम्मको घटना सार्वजनिक भएको छ।

जहाँ महिला होइन पुरुष बलात्कृत भएका छन्। जुन घटना उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लाको भएको हो।

जब उनी डेरा लिएर बस्न थालिन्। तब उनको एक १४ बर्षे किशोरसँग भेट भयो।

उनी एक विधवा महिला थिइन्। जुन महिलाले नाबालक किशोरलाई जबरजस्ती यौन सम्पर्क गराएपश्चात् उनी गर्भवती बनेकि थिइन्।

गर्भवती भएपश्चात् उनले केटालाई विवाहको लागि दबाव दिन थालिन्।

केटाले इन्कार गरेपश्चात् विधवाले ती किशोर विरुद्ध बलात्कारको उजुरी प्रहरीमा दिइन्।

उजुरी पश्चात् प्रहरीले किशोरलाई पक्राउ गर्दै जर्बजस्ती करणीको मुद्धा चलाएपश्चात् वास्तविकता बाहिर आएको हो।

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको मृत्यु भएपश्चात् घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्।

त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपश्चात् शारीरिक सम्बन्ध हुँदै गयो।

मुद्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखिएको पुष्टि भयो।

प्रहरीले केटालाई रिहा गर्दै बलात्कारको आरोपित महिलालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्