दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी हुँदै



०१ फागुन २०७६, काठमाडौं

त्रि–ज्योति माविले बालबालिकाभित्रको क्षमताको वास्तविक मूल्यांकन गर्ने उद्देश्यले दोस्रो त्रि–ज्योति रचनात्मक प्रदर्शनी (Second TRI-Jyoti Creative Expo-2076) आयोजना गर्ने भएको छ ।

प्रदेश सभा सदस्य दीपक निरौलाको प्रमुख आतिथ्यतामा फागुन २ गते शुक्रबार विद्यालय प्राङ्गणमा उक्त कार्यक्रम हुने भएको छ ।

गणित, विज्ञान लगायतका विविध विषयहरुको प्रयोगात्मक अभ्यास र प्रस्तुती रहने प्रदर्शनीमा करिव ३० ओटा विद्यालयका ८०० विद्यार्थीहरुले सहभागीता जनाउने विश्वास आयोजक विद्यालयले लिएको छ ।

गणित र विज्ञान जस्तो कठिन लाग्ने विषयहरुलाई सहज, सरल र व्यवहारिक विधिद्वारा ज्ञान प्रदान गराउँदै दक्ष नागरिक निर्माण गर्न सकौं भन्ने मुख्य ध्येय राखेर त्रि–ज्योति माविले यो कार्यक्रम विद्यार्थीहरुको बिचमा ल्याएको कुरा विद्यालयका प्राचार्य गणेश कुमार मिश्रले बताए ।

संस्थागत तथा नीजि दुवै तर्फका विद्यालयहरुलाई आमन्त्रण गरिएको उक्त कार्यक्रमबाट बालबालिकाले बढी भन्दा बढी ज्ञान प्राप्त गर्नेछन् भन्ने विश्वास आयोजक विद्यालयले राखेको हुनाले सवै विद्यालयलाई सहभागीताका निम्ति आयोजक विद्यालयले अनुरोध गरेको छ ।

प्रदर्शनी विहान १०ः३० बजेबाट शुरु भई दिउँसो ३ः०० बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्