हनिमुनकै दिन श्रीमती छाडेर सासुआमा लिएर भागे ज्वाँई



०१ फागुन २०७६, काठमाडौं

नेपालीमा छोरी भन्दा आमा तरुनी भन्ने भनाई खुबै चर्चित छ।

मानिसहरु नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिना थालेका छन।

कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउँछन् त कहिले सासु ज्वाँई टिपेर फरार हुन्छन्।

यस्तो घट्ना दिन–प्रतिदिन बढ्दो क्रममा रहेको छ। यस्तै, एक घट्ना बेलायतमा पनि भएको छ।

जहाँ एक सासुले ज्वाँई लिएर भागेका छन्। ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा आमालाई पनि सँगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ती भएको गरिरहेकी छिन्।

हनिमुनको समयमा ज्वाँई सासु बढी नै बोल्ने अनि जिस्किने गर्थे।

जुन कुरा उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो। तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन।

विवाह हुनुभन्दा अघि लिभिङ रिलेसनमा रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरेका थिए।

विवाह धुम-धामसँगै सम्पन्न भयो। उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन्। तर विवाह भएको ८ हप्तामा पलले लरेनलाइ छोडेर हिडे।

लरेनलाई पछि थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन।

२००५ मा जुलिले ज्वाँईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुम-धामसँग विवाह पनि गर्न भ्याए। पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन्।

संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकी छिन्।

यी सबै भएपश्चात् लरेनले पनि दोस्रो विवाह गरेर सुखमय जीवन विताउदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्