बूनपाका सचिव प्रदीप डंगोलको पहलमा स्कूल ब्याग वितरण



२९ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नंं. १३ स्थित श्री नौलिन मा.वि. चुनिखेलमा मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठका सचिव प्रदीप डंगोलको पहलमा स्कूलका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

बूनपा १३ को सबैभन्दा पुरानो माध्यमिक विद्यालयमा अध्ययन गर्ने १०२ जना बिद्यार्थीहरुलाई महिला अधिकारका लागि एकल महिला समूह नामक संस्थाका संस्थापक अध्यक्ष लिली थापा, बर्तमान अध्यक्ष कुन्ता शर्माले जिन्स पाइन्टलाई पुनः प्रयोग गरि तयार पारिएको झोला बितरण गरेका थिए ।

नेकपा नेता प्रदिप डङ्गोल विगत लामो समयदेखि समाजमा सक्रिय रहेका छन् भने हाल गैरसरकारी संस्था महासंघ काठमाडौं शाखाको अध्यक्ष समेत रहेका छन् । उनको पहलमा  बूढानीलकण्ठ नगरका विभिन्न विद्यालय तथा क्षेत्रहरुमा समाजिक कार्यहरु हुँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्