अन्तर विश्वविद्यालय फुटसल : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन



२९ माघ २०७६, काठमाडौं

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका छन् ।

धन्यन्तरी फुटसलमा उद्घाटन भएको अन्तर विश्वविद्यालय फुटसलमा आठ वटा विश्व विद्यालयका १६ वटा टीमले सहभागिता जनाएको आयोजक कमिटीका संयोजक संजय दवाडीले परिवर्तन खबरलाई जनाएका छन् ।

उद्घाटन शो म्याचमा काठमाडौं युनिभर्सिटी र निष्ट कलेजबीच प्रतिस्पर्धा गराईएको थियो । प्र्रतिश्पर्धामा प्रथम हुने टिमले नगद रु एक लाख, द्वितिय हुने टिमले रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विद्यार्थीहरुलाई पढ्न मात्र नभएर विभिन्न खेलकुद लगायतका बाहिरि गतिविधिमा समेत संलग्न हुन अनुरोध गरेका थिए । अध्यक्ष तिमिल्सिनाले अहिलेको दुनिया पढाई मात्र नभएर खेलकुद क्षेत्र एक महत्वपूर्ण पाटो भएको जानकारी गराए । अहिले विश्वमा खेलक्षेत्रबाट आफु मात्र नभएर आफ्नो मातृभूमि चिनाउन सहज हुने धारणा व्यक्त गरे ।

उनले फरक प्रसङ्गमा भने, ‘खेल जस्तो अनुशासन, स्वच्छ र सफा रुपमा राजनीति गरे नेपालले निकै फड्को मार्न सक्छ ।’

बागमति प्रदेश सांसद सीता लामाले खेलले समय र अनुशासन पालना गर्न सिकाउने बताईन् । पहिला भन्दा अहिले खेलको क्रेज बढेको जानकारी गराउँदै उनले खेलाडीलाई ध्यान पूर्वक खेलमा लागे आगामी दिनमा यसको महत्व बढ्दै जाने बताईन् ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण घर्तीले गरेका थिए भने संचालन संयोजक संजय दवाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्