
२८ माघ २०७६, काठमाडौं
गत पुष २२ गते काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालबाट घोषणा गरिएको ‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई र मधेशका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सराफले दिएको जानकारी अनुसार आफूहरुले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।

नेपाल आएका विदेशी पर्यटकहरुको कम्तिमा एक तिहाईलाई मधेश भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत अढाई वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्षपनि निरन्तरता दिएको छ । ‘भिजट मधेशबिना भिजिट नेपाल अपुरो’ हुने आयोजकको विश्वास छ ।

तराई र मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट बिगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभूषा एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्रा्िष्ट्रय स्तरमा प्रवर्द्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रुपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन् । साथै टिमहरुले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन् ।
आन्तरिक एवं बाह्य पर्यटकहरुको सुबिधाको लागि भिजिट मधेसको डिजिटल प्लेटफर्म (वेबसाईट खष्कष्तmबमजभकज।अयm एवम् खष्कष्तmबमजभकज को मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरु बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाई छ ।

‘भिजिट मधेश–२०२० एण्ड बियोण्ड’ अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सरार्फ छन् भने नेसनल कोअर्डिनेटरको रुपमा ओमप्रकाश सरार्फले नेतृत्व गरेका छन् । कार्यक्रममा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराई र मधेशको पर्यटन प्रवर्द्धन बिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताएका छन् ।

क्लबमा आयोजित उक्त कार्यक्रममा भिजिट मधेश नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोद राज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेश नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यतिबेला भनेका थिए, ‘आजको युग २१औं शताब्दीको युग भएकोले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनैपनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौं ।’
राष्ट्रिय संयोजक सराफले आफूहरुको अभियानमा साथ, सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार २२ वटै जिल्लामा आफूहरुलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । उनले भने,‘हामीले यो कार्यक्रम लिएर जहाँ जहाँ पुग्यौं, त्यहाँका जनतामा पनि निकै उत्साह देखिएको थियो । उहाँहरुले यो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । हामी सबैप्रति आभारी छौं ।’





