७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् कक्षा ४ उर्तीण



२९ माघ २०७६, काठमाडौं

भारतको केरलाकी १ सय ५ वर्षकी एक हजुरआमाले कक्षा ४ उर्तीण गरेकी छिन् । भगिरथी अम्मा नाम गरेकी करिब ७५ प्रतिशत अंक ल्याएर कक्षा ४ पास गरेकी हुन् ।

गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ ।

जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् । उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३ जना विद्यार्थीहरूले चार कक्षाको जाँच दिएका थिए ।

४ कक्षा पास गर्ने १ सय पाँच वर्षकी भगिरथीका ६ जना छोराछोरी तथा १६ जना नाति, नातिनी छन् । ९ वर्षको उमेरमा पारिवारिक कारणले तीन कक्षामा पढ्दा–पढ्दै उनले पढाइ छाड्नु परेको रहेछ । तर यो उमेरसम्म पनि उनलाई आफ्नो अधुरो पढाइ पूरा गर्ने अठोट मरेको रहेनछ । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्