लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय नागरिक पक्राउ



२९ माघ २०७६, काठमाडौं

ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार साताअघि रातको समयमा पसल फोडेर सेफ’ चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्