दोश्रो लिबर्टी कप : नेपालयले हात पार्यो दोहोरो उपाधि (फोटो फिचर)



२९ माघ २०७६, काठमाडौं

दोश्रो लिबर्टी फुटबल कपको दोहोरो उपाधी नेपालय पब्लिक स्कुलले हात पार्न सफल भएको छ ।

गोकर्णेश्वरस्थित अत्तरखेल मैदानमा मंगलबार भएको फाईनल खेलमा नेपालयले छात्र र छात्रा दुवैतर्फको उपाधि जितेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा रहेको लिबर्टी एकेडेमीद्वारा आयोजित छात्रको फाइनलमा नेपालयले भेनस पब्लिकलाई २–१ ले पराजित गरेको थियो । छात्रतर्फ भएको खेलमा लिबर्टीलाई ५–१ गोलले हराएर जीवन तारा तेस्रो बनेको हो ।

छात्राको फाइनल खेलमा नेपालयले गोकर्ण लाइटलाई १–० गोल अन्तरले पराजित गरेको थियो । छात्रातर्फ जीवन तारालाई टाइब्रेकरमा हराएर लिबर्टी तेस्रो बनेको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रमा नेपालयका मनिष मगर र छात्रामा नेपालयकै अलिशा तामाङ चुनिए । यस्तै फेयर प्ले अवार्ड छात्रमा सहयोगी र छात्रामा छहारीले प्राप्त गर्यो ।

३५ वटा निजि तथा सामुदायिक विद्यालयबीच  प्रतिपर्धा भएको प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू २०, रू १० र रू ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक दिनेश राइले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्