‘प्रेम गर्नेहरुको लागि फेब्रअरी १४ प्रेमको दशैं हो’



२९ माघ २०७६, काठमाडौं

निमेष पौडेल, युवा पुस्ताका एक शसक्त आख्यानकार हुन्।

‘फाइभ मन्थ्स्’ र ‘फेब्रअरी १४’ बाट पाठकहरु सामु प्रिय बनेका पौडेललाई अहिले आम–पाठकहरुले नेपाली साहित्य आकाशका बृहस्पति भनेर भन्न हिच्किचाउँदैनन्।

आफ्नो पहिलो उपन्यास ‘फाइभ मन्थ्स्’बाटै टन्न चर्चा कमाएका पौडेल दोश्रो उपन्यास ‘फेब्रअरी १४’सम्म आइपुग्दा नेपाली पाठकको मन अनि मुटुमा नबस्ने कुरै भएन।

‘फेब्रअरी १४’ नजिकिँदै गर्दा ‘फेब्रअरी १४’ उपन्यासकै श्रष्टालाई नसम्झिनु नेपाली साहित्यप्रतिको नजरान्दाजजस्तो लागेर मैले उनै ‘फेब्रअरी १४’का लेखक पौडेलसँग छोटो भलाकुसारी गरेको छु।

प्रस्तुत छ, यो भलाकुसारी-

– ‘फेब्रअरी १४’ उपन्यासको लेखकको पछिल्लो जीवन कसरी चलिरहेको छ?
निमेष पौडेल : ठिकै चलिरहेको छ। मैले भर्खर मेरो तेश्रो उपन्यासको लेखन सकेर त्यही उपन्यासमा थप सम्पादन गर्दैै छु।

– ‘फेब्रअरी १४’ नजिकिँदै छ। ‘फेब्रअरी १४’सँगै जोडिएको आख्यानहरु कोर्ने एउटा लेखकले यो ‘फेब्रअरी १४’ मा के दिँदैछ, आफ्ना पाठकहरुलाई कोसेलीको रुपमा?
निमेष पौडेल : यो पटक मैले मेरा पाठकलाई उही पहिले कै उपन्यास कोसेलीको रुपमा दिदैँछु। सिधै भन्नुपर्दा यो पटक मैले मेरा प्रिय पाठकहरुलाई ‘फेब्रअरी १४’ नै उपहार दिएको छु। तर आउँदो वर्षलाई भने नयाँ प्रेमील भावको उपन्यास उपहारको रुपमा हुनेछ।

– तपाईँको ‘फेब्रअरी १४’ ले पनि एक वर्ष मनायो। पठकहरुको समग्र प्रतिक्रिया कस्तो रह्यो?
निमेष पौडेल : पूरा एक वर्षमा पाठकहरुको प्रतिक्रिया प्रेमै प्रेमले भरिएको मात्रै पाएँ। पाठकहरुले मलाई यसरी वर्षैभरि माया दिइरहनु हुनेछ भनेर कल्पना पनि गरेको थिइन। जुन, प्रतिक्रिया मैले पाएँ, त्यही प्रतिक्रियाले नै मैले चाँडै आफ्नो तेस्रो उपन्यास ल्याउने निधो गरेको हुँ।

– अरुको ‘फेब्रअरी १४’ लेखिदिने एउटा लेखकले आफूले चाहिँ कसरी मनाउँछ, ‘फेब्रअरी १४’ ?
निमेष पौडेल : यो पटक पनि मेरो भ्यालेन्टाइन रुख्खा र सुख्खा नै हुने भएको छ। म अहिलेसम्म सिंगल नै छु। आफ्नो कोही त्यस्तो नजिक नरहेकोले यो पटक आफ्नो पाठकहरुको मायाँमा नै निर्भर छु।

–यो ‘फेब्रअरी १४’ मा आफ्ना परिवार बाहेकका कोही केटी साथीको नाम लिनुपर्दा कस्को लिनुहुन्छ?
निमेष पौडेल ; अहिलेसम्म त्यस्तो विशेष खालको केटी साथी कोही पनि छैनन्। तर भावी समयमा कोही भए जरुर बताउँनेछु।

–‘फाइभ मन्थ्स्’ र ‘फेब्रुअरी–१४’ लाई आख्यानका रुपमा पाएका पाठकले तेश्रो कृतिलाई के को रुपमा पाउँछन्? आख्यान नै वा अन्य कुनै नयाँ स्वाद?
निमेष पौडेल : मलाई आख्यान लेख्न मनपछ । त्यसमा पनि प्रेमील आख्यान। आफैँले यो पटक पनि प्रेमील उपन्यास नै लेखेर पाठकहरुलाई खुशी बनाउने तरखरमा छु। तर यो पटकको उपन्यासमा प्रेम अलिकति घगडान रुपमा हुनेछ।

– तपाईँ ‘फेब्रअरी १४’ कै लेखक पनि हुनुहुन्छ, ‘फेब्रअरी १४’ लाई तपाईँ आफूले कसरी बुझ्नुहुन्छ?
निमेष पौडेल : मैले ‘फेब्रअरी १४’ लाई प्रेमको दशैंको रुपमा लिएको छु। यो दिन प्रेम गर्नेहरुको लागि चाड हो। यस्तो चाड, जसले दूरदराजमा भएका प्रेमी–प्रेमीकालाई जोड्ने काम गर्दछ। नजीक बनाउँछ।

–‘फेब्रअरी १४’ र अन्य दिनमा के फरक छ, तपाईँको विचारमा?
निमेष पौडेल : हामी दशैंमा मात्र मिठो खादैनौँ, टिका लगाउँदैनौँ, अरु दिन पनि लगाउँछौँ। त्यस्तै प्रेम गर्नेहरुको लागि फेब्रअरी १४ मात्र विशेष होइन। प्रेम गर्नेहरुको लागि त सँधै फेब्रअरी १४ हो। त्यसैले मेरो विचारमा प्रेम गर्नेहरुको लागि सँधै फेब्रअरी १४ हो।

–तपाईँले आफ्नो तेस्रो कृतिको तयारी पनि गर्दै हुनुहुन्छ भनेर मिडियामा आएका छन्। अब कति समय कुर्नपर्ला पाठकहरुले?
निमेष पौडेल : अब पाँचदेखि छ महिनासम्म कुर्नपर्ला। किनभने मैले यसपटक पाठकलाई प्रेमको फरक आयामलाई पस्केर दिन खोज्दैछु। त्यसकारण थोरै अझ्mै समय लाग्न सक्छ।

– ‘फेब्रअरी १४’ नजिकिँदै गर्दा आफ्ना आम–पाठकहरुलाई कसरी सम्झिनुहुन्छ?
निमेष पौडेल : म मेरो सबै पाठलाई खुब प्रेम गर्छु। उहाँहरु हुनुहुन्छ र त म म छु। त्यसकारण सबैलाई मेरो तफ्र्mबाट धेरै माया भन्न चाहन्छु।

– अन्तिममा केही भन्नु छ?
अन्तिममा मेरा सम्पूर्ण पाठकहरुलाई प्रणय दिवसको शुभकामना। म आफू सिंगल भए पनि मेरो पाठकहरु कोही सिंगल नहउन्। हाँस्दै…

प्रतिक्रिया दिनुहोस्