पूर्व कानूनमन्त्री तामाङको प्रमुख अथित्यतामा इन्द्रावतीमा मनाइयो २८५६ औं सोनाम ल्होछार



२९ माघ २०७६, काठमाडौं

इन्द्रावती गाउँपालिकाको वडा नं. ९ मा २८५६ औं सोनाम ल्होछार धुमधामका साथ मनाइएको छ।

इन्द्रावती ९ को आयोजना मनाइएको ल्होछार पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दे पूर्वमन्त्री तामाङले तामाङहरुले सोनाम ल्होछार घर घरमा मनाउनुपर्ने बताए।

यस्तै २८५६ औं ल्होछारको अवसरमा पारेर वडामा निर्माण सम्पन्न ज्याङ्छ्यूप छोर्तेनको राप्ने र उदघाट्न कार्यक्रम पनि सम्पन्न भएको छ।


कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण गोपाल तामाङ विशिष्ठ अतिथिको रुपमा रहेको थिए भने, अतिथिहरुमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, नेकपा जिल्ला अध्यक्ष एवं साविक भोटसिपाका पूर्वअध्यक्ष झम्क नेपाल, लामा गुरु दोर्जे लोपेन छेवाङ लामासँगै सरोकारवाला तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्