थुलुङ (राई) सामाको हिनामिना जग्गा प्रकरण : निवर्तमान कार्यसमिति, शाखा र प्रवास समितिको घोर आपत्ति



 

२८ माघ २०७६, काठमाडौं

निवर्तमान थुलुङ (राई) सामाका अध्यक्ष पूर्णसिंह राई र उपाध्यक्ष राम थुलुङको मिलेमतोमा विक्री भएको सामाको जग्गाप्रति घोर आपत्ति जनाउँदै सामाको तत्कालीन कार्यसमिति, जिल्ला तथा क्षेत्रीय कार्यसमिति र विदेशस्थित प्रवास कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सामाको नाममा भक्तपुरको नंखेलमा रहेको ६७ आना जग्गा न्यूनतम सरकारी मूल्यभन्दा पनि कम मूल्यमा विक्री भएको देखाई तत्कालीन कार्यसमितिका अध्यक्ष र उपाध्यक्षले भ्रष्टाचार गरेको प्रमाण फेला परेपछि महासचिव सुवास राईसहित असन्तुष्ट पदाधिकारीहरु तथा सदस्यहरु, नेपालभित्रका क्षत्रीय तथा जिल्ला कार्यसमिति र विदेशस्थित प्रवास कार्यसमितिहरुले निःशर्त जग्गा फिर्ताको माग गर्दै हालको तदर्थ समितिलाई पूर्ण साथ र समर्थनसहित विभिन्न मितीमा विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्ति जारी खोटाङ, सोलुखुम्बु, संखुवासभा, मोरङ, भोजपुर लगायतका शाखा कार्यालयहरुले गरेका छन् । त्यस्तै सामाको विदेशस्थित प्रवास समितिहरुमा अमेरिका, दक्षिण कोरिया, संयुक्त अधिराज्य (यूके), हङकङलगायत रहेका छन् ।

यसैगरी भोजपुर हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका प्रमुख एवं सशक्त युवा नेता असिम थुलुङले पनि निःशर्त जग्गा फिर्ताको माग गर्दै वर्तमान तदर्थ समितिलाई शुभकामना पठाएका छन् ।

मालपोतको अभिलेख अनुसार १७ लाख ७२ हजार झ्वाम्

चिरन थापा, विमल कार्की, र भक्तबहादुर श्रेष्ठको नाममा गत २३ श्रावणमा मालपोत कार्यालय, भक्तपुरमा जग्गा पास भएको हो ।

सामाको आधिकारिक माइन्यूट रजिष्टरमा जग्गा १ करोड ८५ लाखमा विक्री गरिएको अभिलेख उल्लेख छ । तर मालपोत कार्यालय भक्तपुरको अभिलेख अनुसार २ करोड २ लाख ७२ हजारमा किनबेच भएको देखिन्छ ।

उक्त अभिलेखलाई हेर्दा मात्रै पनि सामाका अध्यक्ष र उपाध्यक्षले १७ लाख ७२ हजार रकम प्रत्यक्ष झ्वाम् पारेको सबुत प्रमाण फेला पर्छ ।

हाल उक्त क्षेत्रमा चलेको जग्गाको बजार भाउअनुसार हिसाब गर्ने हो भने न्युनतम प्रतिआना मुल्य रु.१० लाखको हिसाबले जग्गाको कूल मुल्य रु. ६ करोड भन्दा बढी कायम हुन आउँछ । यसो हुँदा सिङ्गो समुदायलाई करोडौं मुल्य बराबरको क्षती भएको स्वतः प्रमाणित हुन्छ ।

अध्यक्ष र उपाध्यक्षले भ्रष्टाचार गरेको खुद् सबुत् प्रमाणले नै प्रमाणित गरिसक्दा पनि जग्गा फिर्ता गर्नुको साटो आफ्नो अवैधानिक र अनैतिक कामलाई ढाकछोप गर्न मरिहत्ते गरेर झुटको खेती गर्दै भ्रम फैलाइरहेका छन् ।

एउटा लुटको धन्दा छोप्न अर्को धन्दा

सिङ्गो थुलुङ राई समुदायको विरोध हुँदाहुँदै गोकर्ण ७ स्थित आनाको २२ लाखले १० आना जग्गा खरिद बैना गरेको माइन्युट गरेर अध्यक्ष र उपाध्यक्षले आफ्नो लुटको धन्दालाई सदर गर्न खोजिरहेका छन् ।

४ रोपनी भन्दा बढी जग्गा बेचेर १० आनामा खुम्चिनु कुन बुद्धिमानी काम हो ? पूर्णसिंह र राम थुलुङले यो के गरेको ? आम थुलुङ राई समुदायको प्रश्न छ । सेन्टरको हिसावले पनि हाल सामाको जग्गा रहेको ठाउँ नंखेल भन्दा गोकर्ण ७ मा कुनै पनि हिसावमा सेन्टर पर्दैन ।

बरु भक्तपुर, बनेपा, सिन्धुलीको बाटो खुलेपछि पूर्वतिर जनघनत्व बढी भएको थुलुङ राई समुदायलाई नंखेल सही ठाउँ हुन आउँछ । कुनै पनि कोणबाट सही नहुँदा नहुँदै जबरजस्त मूलपानीको जग्गा खरिद गर्न खोज्नुमा पूर्णसिंह र रामको लुटको धन्दा लुकेको प्रष्ट हुन्छ ।

जुन सुकै मूल्य चुकाएर भए पनि जग्गा फिर्ता गरिछाड्ने तदर्थ समितिको प्रतिबद्दता

गत माघ ११ गते विशेष आम भेलाद्धारा निर्वाचित १७ सदस्यीय थुलुङ (राई) सामा तदर्थ समितिले समुदायलाई करोडौंको क्षति पुर्‍याइ निवर्तमान कार्यसमितिका अध्यक्ष पूर्णसिंह राई र उपाध्यक्ष राम थुलुङले बेचेको जग्गा फिर्ता गर्न विगत दुई महिना यता अनवरत प्रयत्न गरिरहेको छ ।

निःशर्त जग्गा फिर्ताका निम्ति र सिङ्गो समुदायलाई घात गर्ने भ्रष्टचारीलाई कारबाही गर्न साथ दिन हुन संसारभरिका थुलुङ राई समुदाय र न्यायप्रेमी जनसमुदायमा तदर्थ समिति हार्दिक अनुरोध गर्दछ ।

संस्थापक सचिव जनीकुमार राईको नेतृत्वमा निर्वाचित वर्तमान तदर्थ समितिलाई समर्थन गरेर जग्गा फिर्ताका लागि जोडदार माग गर्दै थुलुङ (राई) सामाको निवर्तमान केन्द्रीय कार्यसमितिका असन्तुष्ट पदाधिकारी तथा सदस्य र देश तथा विदेशका शाखा कार्यसमितिले विभिन्न मितीमा जारी गरेको विज्ञप्ति निम्न तालिकामा हेर्न सकिन्छ ।

 

नमस्ते, भाेलिकाे अहम महत्त्वपूर्ण भेलाको पत्र प्राप्ति भाे,धन्यवाद ।

उपस्थित हुने उत्कट इच्छा र अनिवार्यता ठान्दा ठान्दै अनुपस्थित हुने कुराले दुखित छु। सुझाव मेसेज मार्फत राख्न चाहान्छु।

१) सामालाई ब्यवस्थित र संस्थागत ढंगले नियमित, निरन्तर चलाउनु पर्छ।

२) हाम्रो अगुवा मित्रहरूले महान तन मनका साथ खरिद जग्गालाई जे जसरी हुन्छ, समझदारीपुर्वक फिर्ता/प्राप्ति प्रक्रियामा जानुपर्छ ।

३) सामाकाे स्थापनादेखि हालसम्म याेगदान गर्नुहुने सबैलाई यथाेचित सम्मान गर्नुपर्छ।

४) सामाकाे संगठन र गतिविधि जहाँजहाँ छाैं,त्यहाँसम्म पुग्नुपर्छ।

५) हामी थुलुङहरुकाे एकताका जाेड दिनुपर्छ। भेलाको सकारात्मक उपलब्धि र सफलताको कामना गर्दै उपस्थित सबैमा हार्दिक अभिवादन छ।

धन्यवाद ।

प्रेमकुमार राई, हतुवागढी गापा प्रमुख भोजपुर ।

आदरणीय संयोजक ज्यू ,

थुलुङ्ग राई सामा केन्द्रिय तदर्थ समिति काठमाडौ ।

विश्वका सम्पूर्ण थुलुङ्ग राईहरुको साझा संस्था थुलुङ्ग राई सामामा आवद्ध समस्त थुलुङ्गहरुको मेहनत र पसिनाले खरिद गरियको सामाको ४ रोपनी भन्दा बढी जग्गा अवैधानिक भैसकेका थुलुङ्ग सामाका केहि निक्रिस्ट , निर्लज्ज , नालायक , दलाली , थुलुङ्ग समुदायका घातीहरुबाट कानूनी विधि , प्रक्रिया नपुर्याई सरोकारवाला थुलुङ्ग समुदायलाई गुमराहमा राखी करोडौ घोटाला गरि विक्री गरियको सम्वन्धमा संयुक्त राज्य अमेरिकामा रहेका थुलुङ्ग राई समुदायको ध्यान आकर्षण भयको छ ।

सर्वप्रथम त् समग्र थुलुङ्ग समुदायको उक्त वहुमूल्य सम्पति फिर्ता गर्ने पवित्र अभियानमा लाग्नुभायाका सम्पूर्ण थुलुङ्ग दाजुभाई दिदीबहिनी बुबा आमा सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौ । साथै उक्त जग्गा बिक्रि गर्ने थुलुङ्ग समुदायका स्वार्थि सत्रुहरुबाट जस्ताको तस्तै फिर्ता गर्नुपर्ने मागमा अडिग रहन हार्दिक अनुरोध गर्दछौ । याहा हरुको अभियानमा हाम्रो साथ् र सहयोग रहने प्रतिवद्धता पनि जाहेर गर्दछौ। विश्वका सम्पूर्ण थुलुङ्गहरु एक हौँ ।

संयुक्त राज्य अमेरिकामा रहेका थुलुङ्ग समुदायको तर्फबाट जय कुमार थुलुङ्ग राई

सामाको नंखेलमा रहेको जग्गा र जग्गाबाट देखिने दृश्यहरु

सामाको जग्गा उचित ठाउँमा नभएको तर्क जग्गा बेच्ने पक्षले गरिरहेको छ ।

भक्तपुरको जगतीबाट करिब २ किलोमिटर पूर्व दिशातिर माथि डाँडामा रहेको जग्गाको तस्वीर र त्यहाँबाट देखिने दृश्य हेरेर पनि सामाको जग्गा सही ठाउँमा रहेको प्रमाणित हुन्छ।

 

तदर्थ समितिद्वारा जारी प्रेस विज्ञप्ति

सम्बन्धीत समाचारहरुः

⇒ थुलुङ[राई]सामाको जग्गा एकलौटी निर्णयमा विक्री, २१ लाख बढी घोटला
⇒ थुलुङ समुदायको हिनामिना जग्गा फलोअपः मिलेमतोमा पैसा खाएको खुलेपछि कागजात लुकाइयो
⇒ थुलुङ समुदायको हिनामिना जग्गा फलोअपः जग्गामा राखियो कालो ब्यानर, अवैधानिक सामा समितिको राजीनामा माग

 

प्रतिक्रिया दिनुहोस्