बूनपा ११ मा ‘तीन महिने तामाङ भाषा प्रशिक्षण कार्यक्रम’ हुँदै



२८ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा तामाङ भाषा संरक्षणको लागि ३ महिने तामाङ भाषा प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ ।

बूनपा ११ मा स्थायी बसोबास भएका र भाषा सिक्न इच्छुक व्यक्तिहरुले यही फागुन ६ गतेसम्ममा वडा कार्यालयमा सम्पर्क गर्न समेत यसै सूचना मार्फत वडाध्यक्ष राजु अधिकारीले अनुरोध गरेका छन् ।

वडा कार्यालयद्वारा जारी सूचना

 

प्रतिक्रिया दिनुहोस्