नाच्न थाले कोरोनाका बिरामीः भाइरल भयो भिडियो



२८ माघ २०७६, काठमाडौं

कोरोना भाइरसको केन्द्रबिन्दु रहेको युहानका अस्पतालहरुमा उपचाररत बिरामी नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागि भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन्।

युहानका विभिन्न अस्पतालमा उपचाररत बिरामी र क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्तिहरुमा पर्न जाने मानसिक असरलाई न्यूनिकरण गर्न उपचारमा खटिएका डाक्टर तथा नर्सहरुले यस्तो उपाय अवलम्वन गरेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन्।

चिकित्सकहरुले बिरामीको यो गतिविधिले आत्मबल बढाउन उत्प्रेरणा मिल्नुका साथै स्वास्थ्यमा थप सुधार आउने विश्वास लिएका छन्।

उपचारपछि खतरामुक्त भई वार्डमा सारिएका बिरामी र विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु एक आपसमा नाच्दै,हासी मजाक गरेर रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन उत्साहित भएका छन्।

अहिले युहानका बिरामी वेडबाट उठेर नाच्दै गरेको भिडियो चीनमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्