उज्यालो सहकारीको “अन्तर सहकारी  मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६” सम्पन्न



२८ माघ २०७६, काठमाडौं

उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ स्थापना दिवसको अबसरमा “अन्तर सहकारी  मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६” आयोजना गरेको छ ।

माघ २५ गते  काठमाडौँको चुच्चेपाटी भाटभटेनी सुपरमार्केटको भाटभटेनी हेल्थ क्लबको फुट्सल ग्राउन्डमा सम्पन्न भएको उक्त प्रतियोगिता “खेल मार्फत हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउने प्रयास” मूलनाराका साथ सहकारी आन्दोलनमा सम्बद्ध संस्थाहरुमा आबद्ध सदस्यहरुबीच आपसी समझदारी, मित्रता एवम निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्न र झन दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजक संस्था  उज्यालो साकोसले जनाएको छ ।

प्रतियोगितामा उज्यालो साकोस, संपद साकोस, नव सृजनशील साकोस, सप्तदेब साकोस, उमंग साकोस, सिन्धु काठमाण्डौ साकोस, कुटुम्ब साकोस र नबोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेड गरी ८ वटा सहकारी संस्थाहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्दघाटन काठमाडौँ महानगरपालिका वडा नं ७ का वडा अधक्ष्य श्री शुद्द कुमार डंगोलले खेलाडीहरुलाई बल हस्तान्तरण गर्दै  गर्नुभएको थियो ।

प्रतियोगिता सुरुदेखिनै नकआउट चरणमा संचालन भएको थियो । सुरुवाती खेलमा नव सृजनशील साकोसले  सिन्धु काठमाण्डौ साकोसलाई ३-० गोल अन्तरमा हराउदै आफ्नो सेमिफाईनल यात्रा तय गरेको थियो भने दोश्रो खेलमा आयोजक संस्था उज्यालो साकोसलाई १-० गोल अन्तरमा हराउदै संपद साकोसले आफ्नो बिजयी सुरुवात गरेको थियो । निर्धारित २० मिनेटमा गोल रहित बराबरीमा सकिएको उक्त रोमान्चकारी खेलको अतिरिक्त १० मिनेट समयमा संपद साकोसले गोल गर्न सफल भएको थियो । त्यसैगरी प्रतियोगिताको तेश्रो खेलमा उमंग साकोसले कुटुम्ब साकोसलाई ५-० को गोल अन्तरमा पराजित गरि सेमीफाईनल प्रबेस गरेको थियो भने प्रतियोगिताको चौथो खेलमा नबोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई ६-१ गोल अन्तरमा हराउदै सप्तदेब साकोसले आफ्नो सेमिफाईनल खेल पक्का गरेको थियो ।

प्रतियोगिताको सेमिफाईनल खेलको पहिलो खेल नव सृजनशील साकोस र उमंग साकोसको बिचमा सम्पन्न भएको थियो । उक्त खेलमा नव सृजनशील साकोसले उमंग साकोसलाई २-० गोल अन्तरमा पराजित गर्दै फाईनल खेलको लागि आफ्नो स्थान सुरक्षित गरेको थियो भने सेमिफाईनलकै दोश्रो खेलमा संपद साकोसले सप्तदेब साकोसलाई २-० गोल अन्तरमा हराउदै फाइनल पक्का गरको थियो  । तेश्रो स्थानको लागि भएको खेलमा सप्तदेब साकोसले उमंग साकोसलाई  ५-२ गोल अन्तरमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ  ।

प्रतियोगितामा संपद साकोसले नव सृजनशील साकोस लाई फाईनलमा २-१ गोल अन्तरमा पराजित गर्दै प्रतियोगिाको उपाधि हात पारेको छ ।

विजेता संस्थाले ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। २५,०००  हजार पुरस्कार प्राप्त गरेको छ भने  र उपविजेता संस्थाले ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। १५,०००  हजार पुरस्कार प्राप्त गरेको छ । तेश्रो स्थान हासिल गर्ने संस्थाले  ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। ५,०००  हजार पुरस्कार प्राप्त गरेको छ । विजेता संस्थाका   खेलाडीहरु रजुन सिग्देलले उत्कृष्ट गोल रक्षक र बिबेक बिष्टले उत्कृष्ट खेलाडीको उपाधी हात पारे भने सप्तदेब साकोसका बिजय श्रेष्ठले प्रतियोगितामा सर्बाधिक ६ गोल गरि उत्कृष्ट गोलकर्ताको उपाधि हात पारे । उमंग साकोसले अनुशासित टिमको उपाधी हात पारेको  छ ।

प्रतियोगिताको पुरुस्कार बितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफस्कुन) का अध्यक्ष श्री परितोष पौडयालले  खेलमा स्वास्थ, अनुशासन र टीम निर्माण रकार्यगत एकता जस्ता आधारभूत कुराहरु आवस्यक रहने भन्दै उज्यालो साकोसले  प्रतियोगितालाई हरेक तवरबाट सफलरुपमा आयोजना गरेको उल्लेख गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुसि व्यक्त गर्नुभयो । उहाले नेफस्कुन युवा लक्षित यस्ता कार्यक्रमहरु  गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै आफुले यसको पहलकदमी लिने बताउनुभयो । उज्यालो साकोसका उपाध्यक्ष तथा फुट्सल प्रतियोगिता कार्यक्रमका सयोजक भुपेन्द्र प्रसाद भट्टराईले खेल मार्फत हार्दिकता र सहकार्य मजबुत बनाउने संस्थाको उद्देश्य रहेको बताउदै सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । उज्यालो साकोसका अध्यक्ष बिनोद लुईटेलले खेल मार्फत सबै संस्थाहरुको सहकार्यको भावना जागृत गराउदै संस्थाहरुलाई भावनात्मक रुपमा नजिक बनाउदै एकिकरणको लागि समेत आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्