होशियारः खाना खानेबित्तिकै झुक्किएर पनि नसुत्नुहोस्



२८ माघ २०७६, काठमाडौं

व्यस्त जीवनशैली र दिनभरिको भागदौडले गर्दा थकान तथा तनाव सिर्जना हुने हुनाले मानिसहरू खाना खाने बित्तिकै सुत्ने गर्दछन्।

कामको थकानसँगै खानामा बढि मात्रामा कार्बोहाइड्रेट भएको कारणले अधिकांश मानिसहरू खानासाथ निन्द्र लागिहाल्ने र सुत्ने गर्दछन्।

प्रायः जसो टन्न खाना खाएपश्चात् आँखा भारी हुन्छ र निन्द्रा लाग्छ।

तर, स्वास्थ्यका लागि खाना खानेबितिक्कै सुत्नाले विभिन्न रोगहरु उत्पन्न हुन्छन्।

खान खानेबितिक्कै पल्टिदा वा सुत्ने गर्दा शरिरमा विभिन्न किसिमको रोगहरू उत्पन्न हुन्छन्।

रातीको खाना खाएपश्चात् सुत्दा अल्छिपन, शरिरमा विभिन्न रोग लाग्नुका साथै तौलमा वृद्धि हुने गर्दछ।

चिकित्सकहरूले समेत बेलुकाको खाना खानेबित्तिकै नसुत्न सल्लाह दिने गर्छन्। खाना खाएलगत्तै सुत्दा पाचन प्रक्रियामा समस्या सिर्जना गर्ने गर्छ।

खाने बित्तिकै ढल्किने, पल्टिने वा सुत्दा पेटमा बोसो थुप्रेर पेट लाग्ने समस्या बढ्न जान्छ। मोटोपनाले मात्र पनि मानव शरिरमा विभिन्न रोगहरू निम्त्याईरहेको हुन्छ।

खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानीबाट छुटकारा पाउनका लागि खानाको मात्रा तथा पोषण तत्वको बारेमा जानकारी राख्न जरुरी हुन्छ।

एकैसाथ अत्यधिक मात्रामा नखाने, खाएपछि सकेसम्म बस्ने प्रयास गर्ने र बाहिर बरन्डा वा घर वरिपरि हिँड्ने बानी बसाल्नु पर्दछ।

प्रतिक्रिया दिनुहोस्