सिन्धुलीको दुधौली –१ मा भएको ट्याक्टर दुर्घटनाका घाईतेहरुको सहयोगको लागि समिति गठन : हालसम्म करिब २ लाख संकलन



माघ २०७६, काठमाडौं

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १ मा भएको ट्याक्टर दुर्घटनामा परि हाल ट्रमा सेन्टरमा उपचाररत घाईतेहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उनीहरुलाई सहयोग गर्ने उद्देश्यले “उपचार खर्च सहयोग समिति” गठन गरी आर्थिक संकलनलाई तिब्रता दिएका छन् ।

ट्याक्टर दुर्घटनामा परि बरमदेब दनुवारको घटना स्थलमै मृत्यू भएको थियो भने हाल राष्ट्रिय ट्रमा सेन्टरमा रामभरोस दनुवार, रामे दनुवार, कुल बहादुर बम्जन र दिपेश पुरीको उपचार भईरहेको छ ।

काठमाडौंमा बसोवास गर्ने युवाहरु मार्फत गठित समितिले काठमाडौं लगायतको क्षेत्रमा आर्थिक सहयोग संकलन गर्ने, प्राप्त सहयोगको हिसाब किताब पारदर्शी ढंगले राख्ने र संकलित रकमलाई औषधी उपचारमा मात्र खर्च गरी अन्तिममा हिसाब किताब सार्वजनिक गर्ने जिम्मेवारी समेत दिईएको छ । सहयोग संकलन समितिमा काठमाडौमा अस्थायी बसोबास गर्ने दुधौली–१ का दिनेश प्रसाद सापकोटाको संयोजकत्वमा सदस्य थप्न सक्ने गरी एक समिति बनाईएको छ ।

‘उपचार खर्च सहयोग समिति’
दिनेश प्रसाद सापकोटा – संयोजक, ९८६०७५७९७८ (ई–सेवा सहितको नम्बर)
ध्रुवप्रसाद घिमिरे – सदस्य, ९८५१०५९७०९
रमेश प्रसाद काफ्ले – सदस्य, ९८५१०६२१३७
मातृकाप्रसाद (कृष्ण) सापकोटा–सदस्य, ९८१३१६५६३२ (२४ सै घण्टा बिरामीको उपचारमा संलग्न)
चन्द्रप्रसाद पहाडी – सदस्य, ९८१६८०११२८ (गाउँमा आर्थिक सहयोग संकलन तथा समन्वयको लागि)
गुणराज फुयाल – सदस्य, दुबई, ०५२९९७३१५१ (दुबई,मलेसिया र कतार लगायतका क्षेत्रबाट सहयोग संकलन गर्न)

हालसम्म सहयोग गर्ने दाताहरुको नामावली : 
१ चन्द्रप्रसाद पहाडी, दुधौली–१ गिचिहानी : रु. ११,०००।–
२ दिनेश प्रसाद सापकोटा दुधौली–१ गिचिहानि : रु. १,०००।–
३ रमेश प्रसाद काफ्ले दुधौली–१ गिचिहानि : रु. १,०५५।–
४ शेखर सुवेदी, दुधौली–२ भलुवाही : रु.१,१००।–
५ ध्रुब निसान पहाडी, दुधौली–१ बंका : रु.१,००५।–
६ प्रकाश पहाडी दुधौली १, कुर्थौली : रु.१,०००।–
७ गुणराज फुयाल, दुधौली १, गिचिहानी : रु.२,५००।–
८ रिमनाथ पहाडी, दुधौली १, बंका : रु.१,००५।–
९ पुरुषोत्तम अधिकारी, दुधौली ३, कालापानी : रु.१,०००।–
१० सुभद्रा अधिकारी, दुधौली १, कुर्थौली : रु.१,५००।–
११ कमला भन्डारी ढकाल मणिग्राम रुपन्देही : रु १०००र
१२ दाजुभाइ यातायात चाबहिल राजु बस्नेत मार्फत : रु ३,०००।–
१३ युबराज देवकोटा, दुधौली–१ डाँडाटोल : रु.१,००५।–
१४ पबित्रा सापकोटा, पेप्सिकोला काठमाडौं : रु.१,०००।–
१५ सुनिता कडेल गुठी संस्थान भक्तपुर कर्मचारी : रु. १,७५५।–
१६ लोक बहादुर मुक्तान (गोपि), दुधौली १ गिचिहानी : रु.२,५००।–
१७ जनक गौतम, दुधौली १, बंका : रु. ५००।–
१८ रुका फुयाँल, गोदार, धनुषा : रु. १,०००।–
१९ अम्बिका फुयाल, दुधौली १, गिचिहानी : रु. १,०००।–
२० एलिसा तिमिल्सिना, दुधौली जुठपानी : रु. १,०००।–
२१ सकुन्तला सर्मा फुयाल, काठमान्डौ : रु. १,०००।–
२२ निरु गुरुङ्ग, चितवन : रु. १,५००।–
२३ बिष्णु लामिछाने, दुधौली १ गिचिहानी : रु.१,०००।–
२४ रामप्रसाद धमला, दुधौली १, गिचिहानी : रु.१,१५५।–
२५ नारायण पोख्रेल, गोदार, धनुषा : रु.१,०००।–
२६ उमेश सापकोटा, दुधौली १, गिचिहानी : रु. १,०००।–
२७ जिबराज पहाडी, दुधौली १, डाडाटोल : रु. १,०००।–
२८ मधुसुदन सापकोटा, दुधौली १, कुर्थौली : रु. १,००५।–
२९ सुरेश पहाडी, दुधौली १, गिचिहानी : रु. ५,१००।–
३० भरत पहाडी, दुधौली १, कुर्थौली : रु.३,११५।–
३१ भोला चौधरी , दुधौली १, गिचिहानी : रु. १,१२५।–
३२ अनिल सापकोटा, दुधौली १ कुर्थौली : रु.१,१११।–
३३ दिपक न्यौपाने, सुर्य्बिनायक भक्तपुर : रु.१,००१।–
३४ दुर्गा बराल, दुधौली १, बंका : रु.१,५५५।–
३५ दुर्गा श्रेष्ठ, दुधौली १, गिचिहानी : रु. १,१५५।–
३६ देबि प्रसाद पोख्रेल, दुधौली १ हाल कपन : रु.५,०००।–
३७ पवन पोख्रेल, दुधौली १ हाल इटहरी : रु.१,१११।–
३८ लक्ष्मी अधिकारी, बर्दिबास हाल बल्खु : रु.३,०५५।–
३९ राजेश श्रेष्ठ सुनकोशी गाउँ पालिका ४ हाल सु.न.पा भक्तपुर : रु. ५०५।–
४० राजु पोख्रेल, बिराटनगर १ : रु.१,१११।–
४१ टंक तिमल्सिना, दुधौली २ : रु.१,०००।–
४२ भानुभक्त गौतम, दुधौली जुठपानी : रु.१,१५५।–
४३ डिल्ली सौगात घिमिरे, दुधौली १ बंका : रु.१,५०५।–
४४ सोफिला सापकोटा, माझिटार, सिन्धुली : रु.१,०००।–
४५ युबराज गौतम, दुधौली १, कुर्थौली : रु.१,५००।–
४६ ईश्वर सापकोटा, दुधौली १, गिचिहानी : रु.१,१५१।–
४७ यादब अधिकारी, दुधौली १, गिचिहानी : रु. १,०५५।–
४८ बालकृष्ण गौतम, दुधौली १, डाँडाटोल : रु.१,०६६।–
४९ कमल प्रसाद फुयाँल, दुधौली १, गिचिहानी : रु.१,००५।–
५० उद्धब धमला, दुधौली १, गिचिहानी : रु.१०५५।–
५१ होम प्रसाद पहाडी, दुधौली १ कुर्थौली : रु.१,५००।–
५२ मिश्र फुयाँल, दुधौली १, गिचिहानी : रु.१,००५।–
५३ कल्पना पहाडी बराल, दुधौली १, बंका : रु.१,०००।–
५४ लेखराज गौतम, दुधौली १, कुर्थौली : रु.१,०००।–
५५ बिमला अधिकारी सापकोटा, दुधौली १, गिचिहानी : रु.१,०००।–
५६ थानराज पहाडी, दुधौली १, कुर्थौली : रु.१,०००।–
५७ टिकाहरी बराल, दुधौली ४, कर्माहा : रु.१,०००।–
५८ धनकुमारी पहाडी, दुधौली १, कुर्थौली : रु.५००।–
५९ शान्ता लुईटेल पहाडी, दुधौली १ : रु.२००।–
६० महेश सापकोटा, दुधौली १, कुर्थौली : रु.१,१५५।–
६१ खिलराज अधिकारी, दुधौली १, डाँडाटोल : रु.१,५५५।–
६२ रमेश सापकोटा, दुधौली १, गिचिहानी : रु.१,०५५।–
६३ रिमा गौतम, दुधौली १ गिचिहानी : रु.२,०००।–
६४ बुद्धिराज पहाडी, कनपा ६, सिन्धुली : रु.५००।–
६५ नवीन अधिकारी, दुधौली १, डाँडाटोल : रु.२,०००।–
६६ दिपक काफ्ले, दुधौली १, डाँडाटोल : रु.१,०००।–
६७. रिमा गौतम, दुधौली १, डाँडाटोल : रु.१,०००।–
६८. काजी शर्मा फुँयाल दुधौली १, हाल हेटौंडा : रु. २,०००।–

सहयोग संकलन समितिका संयोजक दिनेश प्रसाद सापकोटाका अनुसार आज दिउँसो २:३० बजेसम्म १५,००५ आर्थिक सहयोग प्राप्त भई बिरामीको उपचारमा प्रयोग भईरहेको र रु. ९८,००० को मौखिक प्रतिवद्धता आएको छ ।
गाउँमा सहयोग संकलनको जिम्मेवारी लिनुभएका चन्द्रप्रसाद पहाडी सहित भरत पहाडी, सुरेश पहाडी, कुमार लामिछाने, राजेश अधिकारी र नवराज पहाडी समेतको टोलीले अहिलेसम्म करिब ६०,००० संकलन गरिसकेको र भोलि सम्ममा थप ५० हजार संकलन हुने स्थानीय व्यवसायी शिवहरी पहाडीले परिवर्तन खबरलाई बताए । खाडी क्षेत्रमा आर्थिक सहयोग संकलनको जिम्मेवारी लिनुभएका गुणराज फुयाँलले हालसम्म ४००० पठाईसकेको र थप सहयोग संकलन जारी रहेको बुझिएको छ ।

जन्म तथा कर्मभूमि सिन्धुलीलाई बनाई स्वदेश र विदेशका विभिन्न स्थानमा आ–आफ्नो पेशा व्यवसाय संचालन गरिरहने साथीहरुबाट थप सहयोगको अपेक्षा सहयोग समितिले गरेको छ । सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको नाम ठेगाना र सहयोग रकम पटक–पटक परिवर्तन खबरबाट अपडेट गराईने छ ।

हालसम्म जननिर्वाचित निकाय वा प्रतिनिधिबाट कुनै किसिमको आर्थिक सहयोग प्राप्त नभएको भएपनि सिन्धुली १ का संघीय सांसद गणेशकुमार पहाडी राष्ट्रिय ट्रमा सेन्टर पुगी बिरामीको अबस्था बुझी सेन्टरका निर्देशकलाई उपचारमा विशेष ध्यान दिन अनुरोध गरेको सहयोग समितिका संयोजक सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्