उत्तर कोरियाका राष्ट्रपति ज्वाईको खोजीमा, उपहार सुनको कार



२८ माघ २०७६, काठमाडौं

उत्तर कोरियाका तानशाह किम जोंग आफ्नी बहिनीको लागि बेहुलाको खोजिमा छन् ।

उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार उपहारमा दिने बताएका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियाका राष्ट्रपति किम जोंगले आफ्नी बहिनी किम यो जोंग को विवाह गर्ने फैसला गरेका हुन् ।

किमका अनुसार हुने वाला बेहुला उनको शर्तमा खरो हुनुपर्नेछ । साथै बेहुलाको हाइट ५ फिट १० इन्च भन्दा अग्लो हुनुपर्नेछ । साथै बेहुलाको तौल ७५ किलोग्रामसम्म हुनु पर्दछ । बेहुलाको सिक्स प्याक एब्स हुनुपर्दछ । किम जोंग हुनेवाला ज्वाईलाई एउटा सुनको कारका साथै १ करोड ६० लाख रुपैयाँ दिनेछन् ।

अहिले उनकी बहिनीलाई बेहुला खोज्न उत्तर केरियाका अधिकारीहरु लागि परेका छन् । राष्ट्रपति जोंगले बहिनीका लागि बेहुला उनको टक्करको हुनुपर्ने बताएका हुन् ।किनभने उनले पछि गएर राजनीति सम्हाल्नु पनि पर्न सक्दछ ।एजेन्सी..

प्रतिक्रिया दिनुहोस्