यी हुन् वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने भूमिका



२८ माघ २०७६, काठमाडौं

जब कुनै दुई व्यक्तिबीच वैवाहिक सम्बन्ध गाँसिन्छ।

तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्दछन्।

जसले गर्दा श्रीमती हाँसी-खुशी बस्न सकुन्।

 यदि श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो।श्रीमतीले पनि आफ्नो श्रीमानको बारेमा सोच्नै पर्दछ।

जुन, वैवाहिक सम्बन्धमा गाँसिएका पत्नीले आफ्नो पति सामु खेल्नैपर्छ, यी भूमिका!

जसले गर्दा दाम्पत्य जीवन सुखमय बित्नेछ…

यदि तपाईँ आफ्नो वैवाहिक सम्बन्ध कसिलो बनाउन चाहनुहुन्छ भने झुक्किएर पनि श्रीमानको अगाडि उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस्।

कहिल्यै पनि आफ्नो श्रीमानलाई अन्य व्यक्तिसँग तुलना नगर्नुहोस्। जसले गर्दा तपाईँको वैवाहिक सम्बन्धमा कलह उत्पन्न हुने सम्भावना हुन्छ।

कुनै पनि कुरा आफ्नो श्रीमानलाई नलुकाउनुहोस्। सबै कुरा सुनाउने गर्नुहोस्। जसलाई सुनाउँदा तपाईँहरुको सम्बन्ध अझ बढी कसिलो र विश्वासिलो हुन्छ।

यदि तपाईँ परिवारको सबै सदस्यसँग बसेर छलफल गर्दै हुनुहुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्ने बानी बसाल्नुहोस्।

यदि तपाईँ आफ्नो श्रीमानसँग कुनै कुराको सल्लाह लिन चाहनुहुन्छ भने सर्वप्रथम पतिको मुड बुझ्ने गर्नुहोस्।

जसले गर्दा तपाईँको कुरा तपाईँको श्रीमानले सजिलै बुझ्नेछ।

त्यस्तै, झुक्किएर पनि आफ्नो श्रीमानको कमी-कमजोरी माइत र घर-परिवार सामु नखोल्नुहोस्।

जसले गर्दा तपाईँहरुबीच झगडा उत्पन्न हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्