नेकपा अध्यक्षद्वयबीच बैठक : को बन्ला त प्रहरी प्रमुख?



२८ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार (आज) बिहानै भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयवस्तुमा छलफल भएको नेकपा महासचिव विष्णु पौडेलले बताए।

अध्यक्षद्वयबीच नेपाल प्रहरीको प्रमुख नियुक्तिलगायतका विषयमा छलफल भएको श्रोतको भनाई छ। नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीका लागि आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठकले प्रहरी प्रमुखसँगै रिक्त चार सचिवमा पनि बढुवा गर्ने तयारी गरेको छ। अध्यक्षद्वयबीच यो विषय मासमेत छलफल भएको छ।

आइजिपी सर्वेन्द्र खनालसहित तीन एआइजी र १८ डिआइजीले अवकास पाउँदैछन्।

प्रतिक्रिया दिनुहोस्