अनौठो चलनः जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नैपर्ने



२८ माघ २०७६, काठमाडौं

हामीलाई थाहा छ प्रत्येक देशमा विवाह सम्बन्धी आ-आफ्नै रीतिरिवाज र परम्परा हुन्छन्। जहाँ एक युवक र एक युवतीको सम्बन्ध गाँसिने गर्दछ।

तर अफ्रिकाको इरिट्रीया नामक देशमा भने विवाह सम्बन्धी अलि अनौठो चलन छ।

जहाँ पुरुषले दुई महिलासँग विवाह गर्नैपर्ने हुन्छ। त्यस देशमा बसोबास गर्ने हरेक पुरुषले दुई युवतीसँग विवाह सम्बन्ध गाँस्न अनिवार्य छ।

प्रायः जसो देशहरूमा एक युवकले दुई महिलासँग विवाह गरे गैरकानूनी हुन्छ। तर यो देशमा भने चाहिँ ठिक उल्टो छ।

यदि कुनै एक पुरुषले एक युवतीसँग मात्रै विवाह गरे भने त्यो चाहिँ कानुनी रूपमा अपराध गरेको ठहर्छ।

सो कानुन बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो।

त्यस देशमा महिलाको तुलनामा पुरुषको जनसङ्ख्या यति धरै कम छ कि महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ।

दुई महिलासँग विवाह नगरेमा पुरुष विरुद्ध त कानुनी कारवाही गरिन्छ नै तर पहिलो पत्नीले पनि दोस्रो विवाहमा कुनै प्रकारको अवरोध गरेमा उनलाई पनि जन्मकैदको सजाय दिइन्छ।

प्रतिक्रिया दिनुहोस्