पूर्व सचिव पत्नी हत्या प्रकरण : सीसीटिभीमा देखियो, सात पटक हिर्काइएको दृश्य [अपडेट]



२७ माघ २०७६, काठमाडौं

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा उनकै घरमा काम गर्ने कामदार विजय चौधरीको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ।

ललितपुरको सानेपास्थित घरमा जोडिएको सीसीटिभी दृश्यमा चौधरीले मुनालाई सात पटक हिर्काएको देखिएको उच्च प्रहरी अधिकारीले बताएका छन्।

अनुसन्धान अधिकृतहरुका अनुसार घटना भएको भान्छा कोठामा पिर्का भेटिएकाले त्यसले नै हानेर हत्या गरेको आशंका छ।
♥ पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा
♥ पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा निधन [अपडेट]
♥ पूर्व सचिव पत्नीको हत्या कामदारको संलग्नतामा भएको आशंका [अपडेट]
♥ पूर्व सचिव पत्नी हत्याको सीसीटिभी फूटेज : कामदारकै संलग्नतामा हत्या [अपडेट]
मुनालाई आक्रमण गरेपछि २२ वर्षीय चौधरीले आत्महत्या गरेको सीसीटिभीमा देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

सोमबार घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुनामाथि आक्रमण गरेका हुन्। मुना अचेत अवस्थामा भान्छा कोठामा फेला परेकी थिइन्।

उनलाई उद्धार गरी ललितपुरमै रहेको स्टार हस्पिटल लगिए पनि केही बेरमै अस्पतालले मृत घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्