मेलम्ची खानेपानी परियोजना सहयोगको लागि बूनपामा शक्तिशाली समिति गठन



Dr Rajan Bhattarai

२७ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलको उपस्थितिमा नगरकार्यालयमा आज बसेको बैठकले बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा संचालन भैरहेको मेलम्ची खानेपानी विस्तार आयोजनालाई आवश्यक सम्पर्क, समन्वय तथा सहजीकरण गर्न नगरपालिकाको तर्फबाट समाजसेवी शान्तिराम ढुंगानाको संयोजकत्वमा १५ सदस्यीय शक्तिशाली  “मेलम्ची खानेपानी आयोजना सरोकार तथा सहजीकरण समिति” गठन गरेको छ ।

मेलम्ची खानेपानी परियोजना संचालन हुने नगरपालिका भित्रका वडा नं. ८, ९, १०, ११, १२ र १३ का वडाअध्यक्ष पदेन सदस्य रहनेगरी गठित समितिमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व गराईएको नगरपालिका श्रोतले जनाएको छ । समितिले आयोजना संचालनको क्रममा स्थानीयबाट हुनसक्ने अवरोध र गुनासोलाई सम्बोधन गर्ने छ भने तोकिएको समयावधि भित्र सम्पन्न गराउन ठेकेदारलाई समेत दबाब र सहयोग गर्ने बुझिएको छ ।

मेलम्ची खानेपानी आयोजना सरोकार तथा सहजीकरण समिति

संयोजक : शान्तिराम ढुंगाना
सदस्य : ध्रुवप्रसाद घिमिरे
सदस्य : देवी रेग्मी
सदस्य : शिव प्रसाद बजगाईं
सदस्य : मधु अधिकारी
सदस्य : संगीता पन्त
सदस्य : देवराज केसी
सदस्य : जीत बहादुर तामाङ
सदस्य : तारा देवान
सदस्य : सुमन तामाङ, वडाध्यक्ष, बूनपा–८
सदस्य : राजेन्द्रप्रसाद सापकोटा, वडाध्यक्ष, बूनपा–९
सदस्य : नवराज भट्टराई, वडाध्यक्ष, बूनपा–१०
सदस्य : राजु अधिकारी, वडाध्यक्ष, बूनपा–११
सदस्य : शम्भुप्रसाद भट्टराई, वडाध्यक्ष, बूनपा–१२
सदस्य : श्रीकृष्ण श्रेष्ठ, वडाध्यक्ष, बूनपा–१३

नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, उप–प्रमुख रमादेवी राई, सल्लाहकार समितिका प्रमुख सुन्दर पुर्कुटी, नगरप्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई सहित सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थितिमा भएको बैठकले समितिलाई नगरक्षेत्र भित्र संचालन हुने काममा आवश्यक सहजीकरण गर्न, आयोजना कार्यान्वन निर्देशनालय, ठेकेदार, प्राविधिकहरुसँग संयोजन, समन्वय, व्यवस्थापन, विवाद समाधान गर्दै स्थलगत सहजीकरणमा सहयोग पुर्याउने, नगरपालिका र वडा कार्यालयसँग प्रत्यक्ष समन्वय गर्ने गरी अधिकार दिईएको छ ।

स्वयंसेवी रुपमा परिचालन हुने समितिका सदस्यहरुले नगरपालिका वा परियोजना कार्यालयबाट कुनै सहयोग पाउने छैनन् भने यो समितिले कुनै पनि किसिमको आर्थिक कारोबार गर्ने छैन । तोकिएको समयमा परियोजना सम्पन्न गराउन ठेकेदार र सम्बन्धित कार्यालयलाई कुनै पनि किसिमको सहयोग र दबाव सिर्जना गर्न सक्नेछ ।

नवगठित समितिका संयोजक वरिष्ठ समाजसेवी शान्तिराम ढुंगानाले परिवर्तन खबरसँगको छोटो कुराकानीमा भने, “नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा पारिएको योजनालाई समयमै सम्पन्न गराउन आवश्यक दवाव र सहयोग गर्नेछौँ । नेपाल सरकारसँग आवश्यक प्रक्रिया पुर्‍याएर ठेक्का पाएपछि कुनैपनि बहानामा ठेकेदारले तलमाथि गर्न पाउँदैन । तोकिएको समयमा परियोजना सम्पन्न गर्न स्थानीय सरोकारवालाको तर्फबाट खेल्नुपर्ने जुनसुकै भूमिका पनि हामी निर्वाह गर्नेछौँ ।”

यो पनि पढ्नुहोस्

मेलम्चीसँगै बग्न सक्छ ! शैलुङ कन्सट्रक्सन

प्रतिक्रिया दिनुहोस्