अन्तर कलेज स्तरिय ‘टेक्सास-धन्यन्तरी फुटसल कप’ शुरु



२७ माघ २०७६, काठमाडौं

चाहिलमा रहेको टेक्सास कलेज र धन्यन्तरी फुटसलको संयुक्त आयोजनामा भएको इन्टर कलेज फुटसल प्रतियोगिता २०७६ शुरु भएको छ ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा फुटसलका केन्द्रिय संयोजक दावा लामाले एन्फा अंकित फुटसल बल टेक्सास कलेजका  सिईओ भेषराज पोखरेललाई हस्तान्तरण गर्दै फुटसल खेलको उद्घाटन गरेका थिए ।

टेक्सास धन्यन्तरी फुटसल प्रतियोगितामा भ्याली भित्रका १९ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू एक लाख, रू ५० र रू २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक प्रविण खड्काले जनाएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै सिईओ पोखरेलले २ दिनसम्म चल्ने टेक्सस धन्यन्तरी फुटसल कपलाई व्यवस्थित रुपमा सम्पन्न गर्न खेलाडीहरुलाई अनुशासित, नैतिकवान भई खेल खेल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्