गजल : …शुरु गर्छ!



२७ माघ २०७६, काठमाडौं

जब नेपालको अवस्था देख्छु, मन जल्न शुरु गर्छ।
अनि क्रान्तिसङ्गै आँधी, र हुरी चल्न शुरु गर्छ।

नेपालको मान, प्रतिष्ठा र इज्जत माटोमा मिल्दा
हराभरा प्रकृतिजस्तो मन, आफैँ बल्न शुरु गर्छ।

शान्तिको विकल्पमा, युद्ध मच्चिँदा यहाँ,
शरिरसङ्गै स्वच्छ दिमाग, फेरी ढल्न शुरु गर्छ।

जब सुन्छु बन्दहड्ताल, नाकाबन्दीका कुरा,
आशावादी मन मेरो, अनायास जल्न शुरु गर्छ।

विश्वकै सुन्दर मेरो देश, बेनाम देख्दा,
उत्साहित दिमाग, पुनः गल्न शुरु गर्छ।

धनबल राई
काठमाडौं

प्रतिक्रिया दिनुहोस्