मूलाको काइदा: पायल्सदेखि क्यान्सरसम्मलाई फाइदा



२७ माघ २०७६, काठमाडौं

मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो। यसमा अचुक औषधीय गुण हुन्छ।

यो स्वादका लागि मात्रै नभई स्वास्थका लागि पनि उत्तिकै फाईदाजनक पनि उत्तिकै उपयोगी हुन्छ।

मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ। मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरिरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ।

साथै, नियमित मुलाको सेवनले पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ।

मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिम समेत कम गर्छ  भने पाचन प्रक्रिया राम्रो गर्छ ।

शरिरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ। यसले शरिरमा पानीको आपूर्ति गर्नुका साथै मृगौलाजन्य रोगको जोखिम घटाउँछ।

मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ। मूलालाई धेरै जसो अन्य तरकारी जस्तो प्रयोर सेवन नर्गने गरेपनि यसमा धेरै अचुक औषधिय गुण रहेको हुन्छ।

जसको नियमित सेवनले स्वास्थ्यमा निकै फाईदा पुर्याउँछ।

प्रतिक्रिया दिनुहोस्