पूर्व सचिव पत्नीको हत्या कामदारको संलग्नतामा भएको आशंका [अपडेट]



१७ माघ २०७६, काठमाडौं

पूर्व सचिव अर्जुन कार्की पत्नी मुना कार्कीको हत्या कामदारहरुको संलग्नतामा हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो।
♥ पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा
पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा निधन [अपडेट]

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विजय चौधरी  पनि मृत भेटिएका छन्। ‘प्रारम्भिक अनुसन्धानले पूर्व सचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ।’ ती अधिकृतले भनेका छन्।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो। तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

प्रतिक्रिया दिनुहोस्