पूर्व सचिव कार्कीकी श्रीमतीको उपचारको क्रममा निधन [अपडेट]



२७ माघ २०७६, काठमाडौं

आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा निधन भएको छ।

घाइते भेटिएकी उनलाई सानेपास्थित स्टार अस्पतालमा ल्याइएपछि उपचारको क्रममा निधन भएको हो। ललितपुर उपमहानगरपालिका–२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो।
♥ पूर्व सचिव कार्कीका घरेलु कामदार मृत फेला, श्रीमती अचेत अवस्थामा
घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्