विश्वकै सबैभन्दा सानो जन्मियो बाछी [फोटो फिचर]



२७ माघ २०७६, एजेन्सी

अमेरिकामा विश्वकै सबैभन्दा सानो बाछीको जन्म  भएको छ ।

यो बाछीको तौल ४.५ किलो रहेको छ । सामान्य बाछीभन्दा यो १० हिस्सा सानो रहेको छ । यसको नाम लिटिल बिल हो ।

बाछीको मालिकले बाछी बिरामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले बाछी पूर्ण स्वस्थ रहेको बताएका छन् । अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।

 

अस्पतालमा यस्तो विचित्रको बाछी हेर्न भीड जम्मा भएको थियो । चिकित्सकले बाछीको एक तस्विर पनि आफ्नो फेसबुक फेजमा शेयर गरेका छन् । बाछी किन यति सानो भएर जन्मियो भनि चिकित्सकले अनुसन्धान गरिरहेका छन् । अहिले यो बाछी सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्