यी अभिनेत्री बनिन् विवाह नगरि आमा, लेखिन् भावुक सन्देश



२७ माघ २०७६, काठमाडौं

फ्रेन्च मूलकी भारतीय नायिका तथा लेखिका कल्की कोचलिन आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी हुन्।

आमा बनेपश्चात् उनले यसबारे आफैं जानकारी दिएकी छन्।

सामाजिक सन्जाल इन्स्टाग्राममा छोरीको नाम राख्दै उनले लेखेकी छिन्– साफोको स्वागत गर्नुहोस्।

नौ महिनासम्म आफ्नो पेटमा रहेकी छोरीले अब आफ्नो स्पेस बनाउने विश्वास उनले लिएकी छिन्।

उनले यसअघि आफ्नो बच्चालाई पानीमा जन्माउने बताएकी छिन्। तर, उनले यो योजनाअनुसार छोरी जन्माइन् वा जन्माइनन् भन्नेबारे केही बताएकी छैनन्।

उनी प्रेमी हर्शबर्गसँग बस्दै आएकी छिन्। तर, यी दुईले विवाह गरेका छैनन्।

हाम्रो विवाह गर्ने समय भएको छैन,’ उनले भनेकी छिन्, ‘तर, कुनै दिन अवश्य विवाह गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्