फेसबुकमा लभ परेर भेट्न जाँदा आफ्नै बुहारी परेपछि…



२६ माघ २०७६, काठमाडौं

पछिल्लो समय सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ। कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन्।

कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ।

तर, चीनमा एउटा यस्तो घटना भएको छ। अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुरा–बुहारी पो परेछन्।

एक–आपसमा भेट्दा यी दुवैजना लाजले पानी–पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन्।

घटना चीनको हेलोगजियांग प्रान्तको हो। यी ससुरा र बुहारी दुवैले आफ्ना पति–पत्निलाई झुक्काएर च्याट गर्थे। दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए।

अन्जानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो। यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो।

वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे। श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें।

बुहारी लिली पनि के कम? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन्। हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो।

अनि दुवैजनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए। फोटो हेरिसकेपश्चात् दुवैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे।

लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए।

उनले च्याटबारे सबै जानकारी पाएपश्चात् दुबैलाई रंगेहात समात्न होटलतिर लागे। जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपश्चात् ढोका खोल्दा आफ्नै ससुरा पो परेछन्।

पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपश्चात् लफडा सुरु भयो। लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपश्चात् प्रहरी आइपुग्यो।

अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासु–बुहारीलाई केरकार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्