टेक्सास-धनोन्तरी इन्टर कलेज फुटसल प्रतियोगिता हुँदै



२६ माघ २०७६, काठमाडौं

चाहिलमा रहेको टेक्सास कलेज र धनोन्तरी फुटसलको संयुक्त आयोजनामा इन्टर कलेज फुटसल प्रतियोगिता २०७६ हुने भएको छ ।

आगामी माघ २७ र २८ गते धनोन्तरी फुटसल विसालनगरमा हुन लागेको टेक्सास-धनोन्तरी इन्टर कलेज फुटसल प्रतियोगितामा भ्याली भित्रका १९ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू एक लाख, रू ५० र रू पच्चिस हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक प्रविण खड्काले जनाएका छन् ।

कलेजका प्रधानाध्यापक भेषराज पोखरेलले कक्षामा मात्र सिमित नराखि शिक्षालाई खेलकुदमा जोड्दा विद्यार्थीको पढाईमा थप सहयोग पुग्ने बताएका छन् । प्रधानाध्यापक पोखरेलले खेलले विद्यार्थीमा अनुसासन र आचरणमा थप सहयोग पुर्याउने धारणा व्यक्त गरे ।

सहप्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले युवाहरुलाई लक्षित गर्दै विद्यालयबीच भाईचाराको सम्बन्ध राख्ने र एक आपसमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको समेत बताए ।

धनोन्तरी फुटसलका अध्यक्ष मदन कोईरालाले धनोन्तरी फुटसल नेपालकै एक नमूना फुटसल रहेको जानकारी गराएका छन् । अध्यक्ष कोईरालाले स्विमिङ र फुटसलका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरि बनाईएको जानकारी गराउँदै  खोलेको चार वर्षपछि मात्र आफुले आयोजना गरेर प्रतियोगिता गराईएको जनाए ।

प्रतिक्रिया दिनुहोस्