
२६ माघ २०७६, काठमाडौं
अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनीमा कार्यरत प्रहरी जवान छबिलाल प्रोख्रेललाई तीन हजार घुस सहित नियन्त्रणमा लिईएको छ ।
उनले टिप्पर तथा गाडीलाई बिभिन्न बहाना बनाई दुःख दिने र सवारी आवतजावतमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग पटक–पटक घुस लिने गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले छबिलाल पोख्रेललाई रुपन्देही, देवदह नगरपालिका वडा नं. ०७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टबाट नियन्त्रणमा लिएका हो ।





