यी नै हुन् प्रेमिका मारेर उनको मासु खाने व्यक्ति



२६ माघ २०७६, काठमाडौं

६० वर्षीय पल ड्युरेन्ट १५ वर्षको जेल सजाय भोगेर भर्खरै जेलबाट छुटेका छन्। आफ्नो सजाय पुरा गरेर उनी जेल मुक्त भए पनि उनको मुक्तिलाई लिएर लन्डन काँपेको छ।

जेलबाट छुटेका पल पूर्वी लण्डनस्थित एउटा फ्ल्याट लिएर बस्दै आइरहेका छन्। तर उनको अपराधलाई जान्ने र उनलाई चिन्ने आफन्त एवं छरछिमेक उनको रिहा प्रति कत्ति पनि खुसी भने छैनन्। उनीहरु भन्छन्, पल बाँचुञ्जेल जेलमै रहुन।

उनी ब्रिटेनमा बस्थे। उनी लागुऔषध दुर्व्यसनी थिए। लागुऔषध सेवन गर्नकै लागि उनी चोरी र लुटपाट उत्रन्थे।

उनको  यस्ता आपराधिक गतिविधि भने दिन–दिनै बढीरहेको थियो। उनी लुटपाटका दुई मामलामा फरार थिए। ब्रिटेनको पुलिस उनलाई दिन-रात खोजिरहेको थियो। उनी भने भागेर स्पेन पुगे।

त्यसै क्रममा उनको करेनसँग भेट भयो। आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद भइसकेकी ४१ वर्षकी करेन दुई बच्चाकी आमा थिइन्।

उनी परिवारसँग अलग स्पेनको काल्पे शहरमा बस्थिन्। उनीसँग भेट भएको एक हप्ताभित्र पल करेन बस्ने बिल्डिङको माथिल्लो तल्लामा सरे।

कुरा सन् २००४ को फेब्रुअरीको हो। करेन करिब हप्तादिनसम्म आफ्नो फ्ल्याटबाट बाहिर निस्किनन्। छिमेकीलाई शंका लागेर पुलिसलाई जानकारी दिए।

पुलिसले करेनको फ्ल्याटको ढोका फुटाउँदा भित्र अत्यधिक रगत र रगत लत्पत्तिएका केही चक्कु छरपस्ट थिए। पुलिसले पलको खोजी शुरु गर्यो।

अन्ततः उनी पक्राउ परे। उनले करेनको हत्या गरेको स्विकारे। करेनलाई हथौडाले हानेर मारेको र शवलाई स-सानो टुक्रामा काटेको पनि पुलिसलाई जानकारी दिए।

साथै, उनको शरिरको खान मिल्ने अंग खाएको पनि उल्लेख गरे। करेनको शव भेट्न सकिएन। सुनुवाईको क्रममा उनका एक जना साथी पनि उपस्थित भएका थिए।

पलले आफूलाई प्रेमिकाको हत्या गरेर उनको मासु खाएको बारे पनि खुलासा गरे।

करेनको हत्या आरोपमा पलललाई १२ वर्षको सजायसँगै चोरी र लुटको मामलामा उनले १५ वर्षको जेलमा बिताए।

सजाय पूरा भएपश्चात् सन् २०१९ मा उनलाई स्पेनको जेलबाट रिहा गरियो। द सनको रिपोर्ट अनुसार करेन परिवारले पल जेलबाट छुटिएपश्चात् आफूहरुलाई निकै डर लागेको बताए।

परिवारका अनुसार पलले आफ्नो अपराध कबुल गरेका थिए। जसकारण उनलाई छोड्नु सही होइन।

प्रतिक्रिया दिनुहोस्